७४ वर्षीय पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी, सर्वोच्चले तोक्यो सजाय

0 Shares

काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री बनेका नेता गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

पूर्वमन्त्री जोशीलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै नौ महिना कैद सजाय र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । यसअघि विशेष अदालतले उनलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै डेढ वर्ष कैद र दुई करोड १६ लाख रुपैयाँ जरिवाना गरेको थियो ।

सर्वोच्चका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाएको थियो ।

जोशी विं.सं. २०५५ वैशाख ८ गतेदेखि ०५६ असार १५ गतेसम्म मन्त्री बनेका थिए । ७४ वर्षीय जोशी पछिल्लो समय पार्टी राजनीतिबाट अलग हुँदै आएका छन् ।

सम्बन्धित समाचार