0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा भर्खरैबाट पदाधिकारी बैठक सुरु भएको हो ।
पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले आइतबारको बैठकमा नेताहरुले आ आफ्नो तर्फबाट धारण राख्न सुरु गरेको बताए । पार्टी अध्यक्ष प्रचण्डले पार्टी निर्माण र भावी कार्ययोजनाका विषयमा निर्धक्कसंग खुले धारणा राख्न निर्देशन दिएको उपाध्यायले बताए ।
शुक्रबारबाट जारी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखिसकेका छन् । आइतबार बोल्न वाँकी रहेका नेताले आफ्नो धारणा राख्ने छन् । पदाधिकारी बैठक सकेसम्म आइतबारै सक्ने तयारी गरिएको छ ।