आज काठमाडौं उपत्यकाका सबै पालिकामा बिदा

0 Shares

काठमाडौं । काठमाडौं उपत्यकाका सम्पूर्ण पालिकाहरूमा आज सार्वजनिक बिदा भएको छ । सम्पूर्ण स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

बिहीबार राति कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएसँगै शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले मेयर नकर्मीको निधनको खबरले काठमाडौं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख गरे । र्कीतिपुर नगरपालिका मेयर लामो समयदेखि मृगौला रोगबाट पीडित थिए ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको बिहीबार राति निधन भएको हो ।

सम्बन्धित समाचार