गोरखामा पहिरो जाँदा चार जना बेपत्ता, दुई घाइते

0 Shares

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका ५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चार जना बेपत्ता भएका छन् । घटनामा दुई जना घाइते भएका छन् ।

पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चार जना बेपत्ता भएका उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् ।

पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङको भनाइ थियो ।

प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।

सम्बन्धित समाचार