जनतासँग जोडिने राम्रो कडी बनेको छ- प्रचण्ड

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तर्राष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामले सरकारबाट बाहिरिनु परेको दाबी गरे ।

यस क्रममा उनले अब सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नु पर्ने अवस्था आएको बताए । उनले सरकारबाट बाहिर बसेर जनतासँग मिल्ने कडी बनेको धारणा राखेका थिए ।

बैठकमा प्रचण्डले सरकारबाट बाहिरिदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको बताएका माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले अब जनताको सम्बन्ध थप स्थापित गर्नका लागि अभियान बनाएर जानु पर्नेमा जोड दिए ।

शनिबार र आइतबार पदाधिकारी बैठक बस्ने र त्यसपछि स्थायी कमिटी हुँदै केन्द्रीय कमिटी बैठक बसेर आवश्यक निर्णय गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।

सम्बन्धित समाचार