यी हुन् जहाज दुर्घटनामा निधन भएकाहरू, पाइलटको उपचार हुँदै

0 Shares

काठमाडौं । काठमाडौंबाट पोखरा जाने क्रममा सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन मात्रै बाँच्न सफल भएका छन् ।

९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको हो । जहाज उड्ने क्रममा विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव संकलन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । प्राधिकरणका अनुसार अनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिन गई रन वेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो ।

दुर्घटनामा मृत्यु हुनेको शव महाराजगञ्ज त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । विमानमा पाइलट मनिष शाक्य र को–पाइलट एस कटवाल रहेका थिए । घटनामा शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा को पाइलट कटवालसहित अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र अर्का विदेशी नागरिक आरेफ रेडा छन् ।

सम्बन्धित समाचार