काठमाडौं । गर्मी मौसममा दही स्वास्थ्यका लागि स्वास्थ्यकर मानिन्छ । तर, चाँडो अमिलो भएर बिग्रने गरेको पाइन्छ ।
सामान्य रूपमा हेर्ने हो भने हावाका कारण पनि दही चाँडो बिग्रने गरेको हुन्छ । त्यसैले केही महत्त्वपूर्ण कुराहरूको ख्याल राखेर खराब ब्याक्टेरियाबाट दहीलाई जोगाएर राख्न सकिन्छ । दहीलाई लामो समयसम्म ताजा राख्नका लागि यी माध्यम अपनाउन सकिन्छ ।
सही समयमा बनाउने
दहीलाई लामो समयसम्म ताजा राख्नका लागि यसलाई सही समयमा तयार गर्नु पर्दछ । त्यसैले तपाईंले यसलाई राति मात्र दही बनाउने भाँडोमा राख्नु पर्छ । बिहान यसलाई केही समयको लागि फ्रिजमा राख्नुहोस् । यसो गर्दा चाँडो बिग्रने छैन ।
सही भाँडा छनौट
दहीलाई ताजा राख्नका लागि सही भाँडो छनोट गर्नु पनि धेरै महत्त्वपूर्ण छ । यसका लागि माटोको भाँडो धेरै राम्रो हुन्छ । किनकि यसमा दही र पानी अलग हुँदैन । दही पनि गाढा हुन्छ । माटोको भाँडोमा राखिएको दही लामो समयसम्म ताजा रहन्छ ।
यी वस्तु मिसाउनु हुँदैन
यदि, तपाई दही बनाउँदै हुनुहुन्छ भने फलफूल वा तरकारीहरू यसको भाँडामा राख्नु हुँदैन । यसले चाँडै बिग्रने सम्भावना बढाउँछ । तपाईं यसलाई कुनै चिन्ता बिना दूध वा यसबाट बनेको अन्य चीजहरूसँग खान सक्नुहुन्छ ।
चिसो ठाउँमा राख्नुहोस्
दही छिट्टै बिग्रनुको कारण गलत ठाउँमा राख्नु पनि एक हो । यसलाई सधैं कोठाको तापक्रमभन्दा अलि चिसो ठाउँमा राख्नु पर्छ । जसले छिट्टै बिग्रनबाट जोगाउँछ ।