एक वर्षमा पाथीभराको भेटी चार करोड रुपैयाँ संकलन

0 Shares

काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिरमा गत आर्थिक वर्षमा मात्रै करिब चार करोड रुपैयाँ भेटी संकलन भएको छ ।

मंगलबार पत्रकार सम्मेलनका क्रममा आर्थिक वर्ष ०८०(८१ मा संकलन भएको भेटी रकम सर्वजनिक भएको हो । पाथीभरा क्षेत्र विकास समितिका निर्देशक प्रजिन हाम्बाङका अनुसार तीन करोड ९८ लाख ४१ हजार ९५८ रुपैयाँ संकलन भएको छ ।

आर्थिक वर्ष सुरुको श्रावण, भदौ, असोज, कात्तिक, मंसिर र पुस महिनामा एक करोड ४१ लाख ७५ हजार १७२ रुपैयाँ संकलन भएको उनको भनाइ थियो ।

बाँकी ६ महिनामा दुई करोड ५६ लाख ६६ हजार ७८६ रुपैयाँ संकलन भएको हो । अवधिमा दुई लाख ३१ हजार ३३४ जनाले पाथीभराको दर्शन गरेका थिए ।

सम्बन्धित समाचार