मेषको धन आर्जन-तुलाको लगानी बढ्ने, तपाईंको दिन कस्तो ?

0 Shares

आज मिति विं.सं. २०८० फागुन २० गते आइतबार । सन् २०२४ मार्च ३ । आज नेपालमा सूर्योदय बिहान ६ः२५ बजे भयो भने सूर्यास्त साँझ ६ः५ बजे हुनेछ ।

मेष

नसोचेको ठाउबाट धन आर्जन हुने समय छ । मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । मान्यजनको आशीर्वाद मिल्नेछ । शत्रुमाथि विजय प्राप्त होला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

बृष

आजको दिन धेरैजसो समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कसैसंग झैझगडा हुन सक्छ, सावधान रहनुहोला । कामको बोझले थाकेको महसुस होला । आजको दिन सवारी साधनको प्रयोगमा सचेतता अपनाउनु होला । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्ने योग छ । प्रेम तथा रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन

यात्राको समय छ । धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ, सावधान रहनुहोला । साझेदारीमा असमझदारी बढ्नाले केही समस्या निम्तन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग आजको दिन विशेष सावधान रहनुहोला । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

नसोचेका समस्या देखिन सक्ने समय छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नु हितकर होला । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । स्वास्थ्य कमजोर बन्न सक्छ, सावधानी अपनाउनुहोला । सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । पराक्रम बढ्नेछ । रसरागमा आकर्षण रहला बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह

सुखद समाचार सुन्नुका साथै विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । समाजसेवामा मन जाला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । नयाँ काममा हात हाल्नु लाभदायी होला । रचनात्मकता बढ्नेछ । रसरागको भाव वृद्धि होला । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या

आजको दिन काममा जाँगर नचल्ला । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ, होसियार रहनुहोला । स्वास्थ्य अनुकुल नरहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला । सवारी चलाउदा आज विशेष सावधानी अपनाउनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । तथापि, यात्रामा सफल रहने र आफन्तको साथ प्राप्त हुने समय छ ।

तुला

लगानी वृद्धि हुनेछ । कार्य व्यपारमा सफलता प्राप्त होला । विद्या, बौद्धिक क्षेत्रमा पनि सफलता मिल्नेछ । आकस्मिक धनलाभको योग छ । केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले मानसिक सन्तुष्टि मिल्ने दिन छ । सन्तानबाट सन्तोष प्राप्त होला । विलासी काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक

अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिने समय छ । आर्थिक पक्ष सबल बन्नेछ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर आज नचिताएको काममा खर्च हुने योग रहेकोले सावधान रहनुहोला । कर्मबल बढ्नेछ । रोग र शत्रुलाई परास्त गर्ने क्षमता वृद्धि होला ।

धनु

सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ला । जग्गाजमिनको कारोबार गर्दा असल हुने समय छ । आज पढाइलेखाइमा राम्रो हुनेछ भने सोचेका काम सजिलैसँग पूरा गर्न सकिनेछ । दैनिक कार्यमा भने ढिलासुस्ती वा उल्झन ब्यहोर्नुपर्ला, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने समय छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहला । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने समस्याको हल हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ

साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । तथापि, काममा जोखिम र खर्च बढ्ने योग छ । सोचेअनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने सम्भावना रहेकोले कारोवारमा विशेष सावधानी अपनाउनु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । रचनात्मक कार्य बन्नेछ ।

मीन

लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । धनको प्राप्ति होला । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दाम्पत्य सुख बढ्नेछ । आरोग्यबल बढ्ला । समस्याको समाधान मिल्नेछ ।

सम्बन्धित समाचार