ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख नाघ्यो

0 Shares

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख पुगेको छ । २०६३ सालमा स्थापना भएको यो बैंकले १७ वर्षमै २१ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा अक्विजिसन गर्दै मुलुकको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको हो ।हाल बैंकको निक्षेप ५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

ग्लोबल आइएमई बैंक कुल पुँजी, शाखा सञ्जाल, निक्षेप र ग्राहक संख्यामा नेपालका बैंक तथा वित्तीय संस्थाहरूमध्ये पहिलो नम्बरमा रहेको छ। ग्राहकलाई मैत्रीपूर्ण सेवाहरु, साना तथा मझौला व्यवसायमा जोड, प्रविधीमैत्री सेवाहरु र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै बैंकले आम नागरिकको विश्वास जित्दै आएको छ।

यो बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो। बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू छन्, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू, र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन्।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका साथै विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ। यसमा अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका देशहरू सामेल छन्।

सम्बन्धित समाचार