इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

0 Shares

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरू विस्तार गरेको छ ।

बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थली र भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकमा शाखा सञ्चालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरे ।

उद्घाटनमा बोल्दै पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । बैंकले हाल देशभरिमा २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६४ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित समाचार