0
Shares
धादिङ । जिल्लाको चर्चित मण्डली माई मन्दिरको प्रचार प्रसार गर्नका लागि पहिलो ढोला बसाह मण्डली महोत्सव हुने भएको छ ।
आगामी २८ र २९ गते महोत्सव हुने ज्वालामुखी गाउँपालिका ४ का वडाध्यक्ष कृष्ण बहादुर गुरुङले बताए । महोत्सवको मूल उद्देश्य मण्डली मन्दिरको प्रचारसँगै कृषि तथा पर्यटनको विकास गर्नु रहेको छ ।
राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिले महोत्सवलाई थप आकर्षण बनाउने आयोजक समितिले जनाएको छ । मंगलबार मात्रै पुजा गरिने यो मन्दिरको प्रमुख विशेषताका रुपमा पुरुषले मात्रै पुजा गर्ने प्रचलन रही आएको छ ।
मन्दिरमा पाठीको बली चढाइने गरिन्छ । तर, पछिल्लो समय काँचो नरिवलसमेत चढाउन प्रचलन रहेको छ ।
परापूर्व कालदेखि पुजा हुँदै आएको मन्दिरमा १२ वर्षभन्दा मुनिका मगर जातिको बालक मूल पुजारी हुने व्यवस्था रहेको छ ।