नारायणगढ–मुग्लिन सडक आजदेखि २४ घण्टा नै खुला हुने

0 Shares

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक आजदेखि २४ घण्टा नै खुला हुने भएको छ । तुइन खोलामा पुल निर्माण गर्न पहाड काट्नका लागि बन्द गरिएको उक्त सडक खण्ड खुला गरिएको हो ।

पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि नागढुङ्गा–मुग्लिन सडकखण्ड बन्द नगर्ने निर्णय गरिएको हो । गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा दैनिक बाटो बन्द गरिएको थियो ।

तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न गत वर्षको पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो । तर ६० मिटर अग्लो पहाड काट्नका लागि बाटो बन्द गरिएपनि २५ मिटरमात्रै पहाड काट्न सकिएको थियो ।

 

सम्बन्धित समाचार