0
Shares
काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा युवकको हत्या भएको छ । हत्या हुनेमा इशनाथ ९ लवतनाका १८ वर्षीय सहबाज मिया आलम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार आलमको शव शनाथ नगरपालिका २ औरैयामा रहेको नगरपालिकाको कार्यालय भवनअगाडि फेला परेको हो । मियालाई अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको देखिएको छ ।
एकै समूहमा बसेर लागुऔषध सेवन गर्ने क्रममा विवाद भएपछि हत्या भएको आशंका छ । घटनाबारे अनुसन्धान भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।