0
Shares
धादिङ । धादिङमा २६ वर्षीया महिला बलात्कार गरेको अरोपमा १६ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
आईतबार नीलकण्ठ नगरपालिका–१० बाट निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । आफूलाई असार २१ गते बलात्कार गरेको भन्दै पीडितले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थिईन ।
सोही जाहेरीको आधारमा निजलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताएका छन् । आरोपित बालकलाई हाडनाता जबरजस्ती करणी मुद्धामा जिल्ला अदालतले असार २३ गते नै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।