पहिरोले घर लगे पनि सकुशल उद्धार पाएकी तमाटा

0 Shares

काठमाडौं । गुल्मीमा पहिरोमा पुरिएकी एक जनालाई सकुशल उद्धार गरिएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ ठाटीपौवाकी ४५ वर्षीया उजेली विक (तमाटा)लाई पहिरोले पुरेको अवस्थामा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कच्ची एक तले उजेली विकको घर माथिबाट खसेको ढुंगा, माटोसहितको पहिरोले पुरेको थियो । उनलाई स्थानीय र प्रहरीले पहिरोबाट जिवितै उद्धार गर्न सफल भएको हो ।

उद्धारपछि उनलाई थप उपचारका लागि रिडी प्राथमिक उपचार केन्द्रमा लगिएको छ । पहिरो खसेका बेला उनी घरमा एक्लै थिइन् ।

उनकी छोरी घाँस काट्न गएकी थिइन् । उनका श्रीमान र छोरा रोजगारका लागि भारतमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार