६० किलो सुन तस्करीको थप अनुसन्धानमा २० जना पक्राउ

0 Shares

काठमाडौं । ब्रेक सुमार्फत भएको ६० केजी सुन तस्करीको थप अनुसन्धानमा २० जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कम्तीमा ४६ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्ने तयारी गरेको छ । उनीहरूविरुद्ध २ अर्बभन्दा बढी बिगो माग गर्ने तयारी भइरहेको छ ।

यीमध्ये २० जना पक्राउ परेका छन् । सीआईबीका अनुसार पक्राउ पर्नेमा भारतीय र चिनियाँ पनि छन् ।

ब्रेक सुमार्फत भएको सुन तस्करीको अनुसन्धान अपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्षपछि सीआईबीले पुनस् फाइल खोलेको थियो ।

सम्बन्धित समाचार