एक सातामै सुनको मूल्यमा भारी गिरावट, तोलामा कति घट्यो ?

0 Shares

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य २९ सय रुपैयाँले गिरावट आएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख ४४ हजार ७०० रुपैयाँ थियो । यो साता एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख ४४ हजार रुपैयाँ थियो । यो साता एक लाख ४१ हजार १०० रुपैयाँ छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोलामा ७५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १८ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य यो साता १७ सय ९० रुपैयाँ कायम छ ।

सम्बन्धित समाचार