0
Shares
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले रोजागरीके अवसर खुला गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि दरखास्त आव्हान गरेको हो । बैंकले डेपुटी म्यानेजर (हाइड्रोपावर इन्जिनियर) र सिभिल इन्जिनियरमा असिस्टेन्ट म्यानेजर कर्मचारी माग गरेको हो ।
डेपुटी म्यानेजरका लागि ८ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ । यस्तै हाइड्रोपावर निर्माण र सुपरभिजनमा कम्तिमा ३ वर्ष प्रोजेक्ट डेभलपमेन्टमा अनुभव रहेको हुनुपर्ने भनिएको छ । यस्तै सिभिल इन्जिनियर पदका लागि ८ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ भने पुर्वाधार आयोजना तथा प्रोजेक्ट डेभलपमेन्टमा ३ वर्षको अनुभव आवश्यक हुने सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २६ गतेसम्म बैंकको बेवसाइट मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।