अविरल वर्षाले घर डुबान हुँदा दुई जनाको मृत्यु, पृथ्वी राजमार्ग भासियो

0 Shares

काठमाडौँ । मुसलधारे वर्षाका कारण पोखरामा घर डुवानदेखि राजमार्ग भासिएका छन् । पोखरा महानगरपालिका चाउथेको घट्टेकुलोमा पृथ्वी राजमार्ग सडक भासिएको हो । ५ मिटर सडक घट्टेकुलोको पानीले काटेको प्रहरीले जनाएको छ ।

नजिकै अर्को ठाउँमा पनि ७ मिटर लामो सडक भासिएको छ । अहिले सडक एकतर्फी सञ्चालनमा छ ।

यता पोखरा ७ गैरीखेतमा दुई घर डुबानमा परेको छ । स्थानीय कुमार सुनार र रेशम गुरूङको घर डुबानमा परेको हो । पोखरा–३३ बागमारा स्थित सिप्लिङतराम अविरल बर्षा पछि तीन घर डुबानमा परेका छन् । स्थानीय राम्जी बास्तोला, सुमन विक र बाबुराम बस्नेतको घर डुबानमा परेको हो ।

पोखरा र कास्की सहित अहिले गण्डकीकै जनजीवन प्रभावित भएको छ । पोखरा २८ आरुपाटामा घर पुरिँदा १ जनाको मृत्यु भएको छ भने मादी ५ चितेपानीमा पनि घर पहिरिँदा अर्का १ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार