नदीमा बाढी आएपछि मेलम्ची खानेपानी बन्द

0 Shares

काठमाडौं । मेलम्ची नदीमा बाढी आएपछि काठमाडौँ आउँने खानेपानी आयोजनाको मुख्य द्वार बन्द गरिएको छ।

मेलम्ची नदी धमिलिन थालेपछि सोमबार साँझदेखि पानी आपूर्ति बन्द गरिएको हो । माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्‍याएको थियो ।

साथै आयोजनासम्म जाने पुल बगाएपछि सुरक्षित गर्न आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत जेठ ३१ गतेदेखि नै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा बन्द गरिएको थिएन ।

सम्बन्धित समाचार