0
Shares
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दुई दिन काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा बन्दु हुने जनाएको छ ।
मर्स्याङ्दी काठमाडौं २२० केभी आयोजनाबाट निर्माण भएकाले मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई सटडाउनमा राखी काम गर्नु पर्ने भएकाले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा विद्युत् आवागमन प्रभावित हुने भएको हो ।
प्रधिकरणले शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म सतुङ्गल, मच्छेगाउँ र फर्पिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । यी क्षेत्रमा आइतबार विद्युत् आवागमन प्रभावित हुने भएको छ ।