रवि निस्केलगत्तै राष्ट्रपति भेट्न पुगे बालेन

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन शाहले भेट गरेका छन् । शीतल निवास पुगेर प्रधानमन्त्री बालेनले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

भारत भ्रमणबाट फर्किएको पाँच दिनपछि राष्ट्रपति भेट्न उनी शीतल निवास पुगेका हुन् । भारतको दुई दिने भ्रमणमा जाने बेला राष्ट्रपतिसँग नभेटेको भन्दै टिप्पणी आएको थियो ।

आजै रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपतिलाई भेटेका थिए । उनी फर्किएलगत्तै प्रधानमन्त्री बालेन शीतल निवास पुगेका हुन् ।

सम्बन्धित समाचार