स्रोत नखुलेको १६ लाख नेपाली र ६६ हजार युआनसँगै दुई चिनियाँ नागरिक

0 Shares

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले भोटेकोशी गाउँपालिका २ बाट स्रोत नखुलेको १६ लाख ६ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५० युआनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कोदारीस्थित इलाका प्रहरी कार्यालय कोदारीबाट परिचालन भएको प्रहरी टोलीले काठमाडौंतर्फ आउँदै गरेको बिएसी ५२९३ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो ।

यसैबीच, वीरगञ्ज महानगर १० लोहारपट्टी चोकस्थित फच्र्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो)मा नेपाली नागरिकलाई अनधिकृत रुपमा प्रवेश गराई जुवा खेलेखेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको छ ।

त्यसैगरी, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलकप्रसाद भट्ट, वीरगञ्ज महानगरका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दीपकराज पराजुलीसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

सम्बन्धित समाचार