प्रधानमन्त्री शाह र मोदीले उद्घाटन गरेर एक दिन नबित्दै जनकपुर आइपुग्यो रेल

0 Shares

काठमाडौं । भारतको अयोध्याबाट ‘सरयु-कमला एक्सप्रेस’ रेल आज बिहान नेपालको जनकपुरधाम आइपुगेको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार मात्र उक्त रेल सेवाको संयुक्त उद्घाटन गरेका थिए । सोमबारै साढे १२ बजे अयोध्याबाट छुटेको रेल आज बिहानै जनकपुरधाम आइपुगेको हो ।

रेलमा आएका यात्रुलाई फूलमाला तथा भारत र नेपालको झन्डा देखाएर स्वागत गरिएको थियो । सोमबार नेपालका प्रधानमन्त्री शाहसँग भिडिओ कन्फरेन्सिङमार्फत भारतको अयोध्या र नेपालको जनकपुर जोड्ने ‘सरयु-कमला एक्सप्रेस’ रेल सेवा उद्‌घाटन गरेपछि मोदीले अयोध्या आउने भक्तजनहरूलाई जनकपुर गएर माता सीताको दर्शन गर्न पनि सजिलो बनाउने बताएका थिए ।

सम्बन्धित समाचार