गुडिरहेको जिपबाट खसेर यात्रुको मृत्यु, चालक समातिए

0 Shares

काठमाडौं । सिन्धुलीमा गुडिरहेको जिपबाट खसेर एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका २ भद्रकालीस्थित भित्री सडक खण्डमा जिपको ढोकाबाट खसेर सिन्धुलीकै घ्याङलेख गाउँपालिका ४ बन्दीपुर बस्ने ५८ वर्षीय मानध्वज योञ्जनको मृत्यु भएको हो ।

सोमबार घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपबाट खस्दा उनी गम्भीर घाइते भएका थिए । जिपको लक समातेर बसेको अवस्थामा अचानक लक खुल्दा उनी खसेर घाइते भएका थिए ।

योन्जनलाई सोही गाडीमार्फत उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनापछि सिन्धुलीको कमलामाई नगरपालिका ५ सिलामे बस्ने २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार