काठमाडौँ । भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत राजकीय भ्रमणका क्रममा उक्त रकम घोषणा गरेको हो ।
कुल सहायता रकममध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण रहेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस अनुसार भारतले उपलब्ध गराउने कुल सहायता प्याकेजमा ३ हजार ५ सय करोड भारतीय रुपैयाँ अर्थात् ५६ अर्ब नेपाली रुपैयाँ अनुदान सहायता रहनेछ। उक्त अनुदान रकम नेपालमा विपद् पश्चातको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाहरू निर्माणका लागि उपलब्ध गराइने जनाइएको छ।
त्यसैगरी, कुल सहायताको ठुलो हिस्सा १ खर्ब ८४ अर्ब रुपैयाँ भने भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋणका रूपमा रहनेछ। उक्त ऋण सहायता नेपालको ऊर्जा क्षेत्रका परियोजनाहरूमा लगानी गरिने विज्ञप्तिमा उल्लेख छ।