सबै संस्करणको फाइनल प्रवेश गर्ने टोली बन्यो सुदूरपश्चित, उपाधिलाई फेरि लुम्बिनीसँग भिड्ने

0 Shares

काठमाडौं । चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजनमा नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ । योसँगै सुदूरपश्चिमले सबै संस्करणमा फाइनल खेल्ने रेकर्ड बनाएको छ ।

सुदूरपश्चिमले जित निकालेसँगै फेरि लुम्बिनीसँगको भेट पक्का गरेको हो । सुदूरपश्चिमले अब उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग भिड्ने भएको छ । यो दुई टोली लगातार दोस्रो पटक फाइनल भिड्ने भएको हो ।

कीर्तिपुरस्थित त्रियू अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको थियो ।

चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रन बनाए । यस्तै, सलाहुद्दिन खानले १६ बलमा १८ रन तथा कमल ऐरीले ८ बलमा १० रन बनाए । बाँकी खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले उत्कृष्ट ३ विकेट लिए भने थारिन्दु रत्नायकेले २ विकेट हात पारे । त्यस्तै हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान १-१ विकेट लिएका थिए ।

सम्बन्धित समाचार