0
Shares
झापा । बाह्रदशी गाउँपालिका ५ चारपाने-राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ ।
विर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकका अनुसार धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किएको हो ।
घटनामा बाह्रदशी ५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिका बुट्टावारीका अशोक राजवंशीको घटनास्थलमा मृत्यु भएको हो ।