भीमफेदीमा फेरि सुमो दुर्घटना, तीन जनाको मृत्यु

0 Shares

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका १ भैंसे बजारनजिक जिप दुर्घटना भएको छ । घटनामा घाइते भएकामध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु भएको बताएको हो ।

मृत्यु हुनेमा २ महिला र १ पुरूष रहेका छन् । मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा ७ जना घाइते भएका छन् । अस्पतालमा उपचाररत उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो आज बिहान साढे ८ बजे त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेको हो । यसअघि २६ कात्तिकमा भीमफेदी गाउँपालिका ६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार