भ्यानमा बोराभरि पैसा लिएर हिँड्दै गरेका तीन जना पक्राउ

0 Shares

काठमाडौं । ललितपुरबाट प्रहरीले ठूलो परिणामको रकमसहित तीन जना पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका ३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका १० का ३२ वर्षीय जयराम केसी र काठमाडौं १० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट १ करोड ६७ लाख ३३ हजार २ सय २० रुपैयाँ बरामद गरेको हो । बा। प्र। १–०२७ च २७६५ नम्बरको भ्यानमा बोराभित्र उक्त रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट १ हजार दरका १ करोड ९ लाख ८७ हजार रुपैयाँ, ५ सय दरका ५१ लाख ५० हजार, १ दरका ५ लाख, ५० दरका ४२ लाख ६ सय, २० को दरका ४२ हजार ३६०, १० दरका १० हजार २७०, ५ दरका १ हजार रुपैयाँ बरामद गरेको छ ।

सम्बन्धित समाचार