मध्यराति श्रीमान-श्रीमती विवाद, श्रीमतीको हत्या

0 Shares

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका १० डाँडाटोलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

मंगलबार राति १ बजे श्रीमान्–श्रीमतीबीच विवाद हुँदा ४२ वर्षीय श्रीमान मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीलाई लोहोरो प्रहार गरेका थिए ।

लोहोरोले टाउकामा लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ प्रहरीले मनोजलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार