काठमाडौं । यो वर्षको कर दिवसको अवसरमा उत्कृष्ट २० करदाताको नाम घोषणा गरी सम्मान गरिएको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत क्षेत्रतर्फ सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको हो ।
विभागमा आयोजित कर दिवस समारोहमा सार्वजनिक गरिएको विवरणअनुसार निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदातामा सूर्य नेपाल परेको छ । व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता भए ।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ हिमालयन डिस्टिलरी लिमिटेड अगाडि हुँदा बैंकिङ क्षेत्रबाट नबिल बैंक अगाडि रहेको छ । यस्तै, पर्यटन व्यवसायबाट सोल्टी होटल लिमिटेड र सूचना प्रविधितर्फ तिन फाइनाइट सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन् ।
एक्सेप्सनल बिजनेस विधातर्फ भाटभटेनी सुपरमार्केट उत्कृष्ट करदाता हुँदै सञ्चालक सावित्री गुरुङले उक्त सम्मान तथा प्रमाणपत्र पाएकी छन् । उत्कृष्ट घोषित करदाता तथा कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित अर्थ मन्त्रालय तथा विभागका अधिकारीहरूले सम्मान गरे ।
उत्कृष्ट करदाताको सूचीः
निकायमध्ये सबैभन्दा धेरै आयकरतर्फः सूर्य नेपाल
एकलौटी व्यवसायतर्फः थर्ड आई इन्टरनेशनल
वस्तु निर्यातको कारोबारतर्फः डाबर नेपाल प्रालि
सूचना प्रविधितर्फः तिन फाइनाइट सर्भिसेस नेपाल
कृषि एवं व्यवसायतर्फः ओसीबी फुड्स एण्ड फिड्स
बैंकिङ क्षेत्रतर्फः नबिल बैंक
स्वास्थ्य तथा शैक्षिक संस्थातर्फः नोबेल कलेज तथा टिचिङ हस्पिटल
पर्यटन व्यवसायतर्फः सोल्टी होटल लिमिटेड
वस्तु व्यापारको कारोबारतर्फः सीजी इम्पेक्स प्रालि
५०–१०० करोडसम्मको कारोबारतर्फः फुड एण्ड वेभरेज रिसर्च सेन्टर प्रालि
ऊर्जामूलक कम्पनीतर्फः भोटेकोशी पावर प्रालि
रेमिट्यान्स तथा मनि एक्स्चेञ्जतर्फः आईएमई लिमिटेड
व्यक्तिगत आयतर्फः राजबहादुर शाह
मूल्य अभिवृद्धि करमध्ये सबैभन्दा धेरैतर्फः हिमालयन डिस्टिलरी लिमिटेड
५० करोडसम्म कारोबार गर्नेतर्फः इम्पेरियल सेक्युरिटिज प्रालि
विशेष उद्योगतर्फः वरुण वेभरेज नेपाल प्रालि
जीवन बीमातर्फः लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड
निर्जीवन बीमातर्फः सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
लघुवित्ततर्फः छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद धेरै कर तिर्ने एक्सेप्सनल बिजनेसतर्फः भाटभटेनी सुपरमार्केट