तीन सयको सामान किनेका रामले जिते १० लाखको पुरस्कार

0 Shares

काठमाडौं । तीन सयको सामान किनेका उपभोक्ताले १० लाख जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान किन्दा यो पुरस्कार जितेका हुन् ।

सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मका करदाता प्रोत्साहन उपहार घोषणा गर्दा उनले पुरस्कार जितेका हुन् । करदाता प्रोत्साहन घोषणा गभर्नर विश्वनाथ पौडेलले घोषणा गरेका थिए ।

राष्ट्रिय कर दिवसका अवसरमा नयाँ विजेता घोषणा गरिएको हो ।

सम्बन्धित समाचार