0
Shares
म्याग्दी । रघुगङ्गा गाउँपालिका १ बेगका बासिन्दाले एक करोडको आपत्कालीन अक्षयकोष स्थापना गरेका छन् । कोषमा ७० लाख सङ्कलन भएको छ ।
बेगखोला कल्याणकारी समाजका संस्थापक योगकुमार फगामीले विपद् र दुर्घटनामा परेकालाई सघाउन कोष स्थापना गरिएको बताए ।
‘दुर्घटनामा घाइते भएका, गर्भवती, बिरामी र विपद्बाट प्रभावितलाई सघाउन कोष स्थापना गरिएको हो,’ उनले भने, ‘हालसम्म ७० लाख सङ्कलन भएको कोषमा एक करोड पुर्याएर मूलधन नमासिने र ब्याज परिचालन गरिनेछ ।’
साविक बेग गाविसको तिप्ल्याङ, बादुक, बेगखोला, सिम, बेगटोलको जनसङ्ख्या एक हजार छ ।