काठमाडौं । हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।
बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने तथा तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति देशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्ने छ ।