नेवार समुदायमा नयाँ वर्षको हर्षोल्लास

0 Shares

काठमाडौँ । आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ । देशभर विभिन्न कार्यक्रम आयोजना गरी नेपाल संवत्को नयाँ वर्ष मनाइँदै छ ।

विशेषगरी नेवार समुदायले नेपाल संवत्लाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा नेवार समुदायले हर्षोल्लासका साथ नयाँ वर्ष मनाइरहेका छन् ।

काठमाडौँको वसन्तपुरमा विभिन्न सङ्घसंस्थाको आयोजनामा नेपाल संवत् ११४७ को अवसरमा झाँकीसहितका कार्यक्रम आयोजना गरिएको छ ।

सम्बन्धित समाचार