मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । माया प्रेममा नजिक हुन सकिने तथा आफन्तबाट सहयोग हुनेछ । चाडबाड लक्षित व्यापारमा बढोत्तरीको योग रहेको छ । चाडबाडमा खेलिने मनोरञ्जनात्मक खेलमा रुपैयाँ पैसा जित्न सकिनेछ । तर पनि सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्छ ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) गीतसङ्गीत तथा मनोरञ्जनात्मक क्षेत्रको प्रतिनिधित्व गर्दै यात्रामा निस्कन सकिनेछ । लेखन कला तथा साहित्यमा बाँकी रहेका कामलाई सकाउन सकिनेछ । विलासी वा महँगा सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिने तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । चाडबाड लक्षित मनोरञ्जनात्मक खेलमा नतिजा हात पार्न सकिनेछ ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) पुराना विवादहरू साम्य हुनेछन् । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ । चाडबाड लक्षित सामानको व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । चाडबाडमा खेलिने मनोरञ्जनात्मक खेलमा रुपैयाँ पैसा हात पार्न सकिनेछ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) शरीर अस्वस्थ हुनाले दैनिक कामहरू गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पत्ति तथा विलासी वस्तु उपहारको रूपमा प्राप्त हुने भए पनि टरेर जानेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यतावश छुट्टिनुपर्ने अवस्था आउनेछ । सट्टेबाजी तथा चाडबाड लक्षित खेलमा पैसा हार्न सकिन्छ, ध्यान दिनुहोला । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा साथीभाइहरूले काममा बाधा तथा अवरोध गर्नेछन् । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्यम रहेको छ । तर पनि कृषि तथा पशुचौपायाको व्यवसाय फस्टाएर जानेछ । चाडबाड लक्षित सामानको व्यापार तथा मनोरञ्जनात्मक खेलबाट लाभ लिन सकिनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । दाजुभाइ, आफन्त तथा छिमेकीका साथ रमाइलो गर्दै दिन व्यतीत हुनेछ । प्रेमको गाँठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । चाडबाड लक्षित सामानको व्यापारबाट उल्लेख्य लाभ लिन सकिनेछ । मनोरञ्जनात्मक खेलबाट लाभ लिन सकिनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । सट्टेबाजी तथा मनोरञ्जनात्मक खेलमा जित हात पार्न सकिनेछ ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) नयाँ प्रविधिको प्रयोगमार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरू पुनः सुरु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबीच विश्वास बढ्नेछ । होटल, रेस्टुरेन्ट तथा बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ । चाडबाड लक्षित खेल तथा गतिविधिमा भाग्यले साथ दिनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) समय राम्रो रहेकोले आम्दानीको तुलनामा खर्च कम हुँदा रुपैयाँ पैसाको बचत हुनेछ । स्वास्थ्य सामग्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । चाडबाड लक्षित सामान तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । यात्रा, मनोरञ्जन, खानपान तथा मनोरञ्जनात्मक खेलबाट लाभ लिन सकिनेछ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) चाडबाड लक्षित सामानको व्यापारबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । यात्रा तथा मनोरञ्जनात्मक खेलबाट लाभ लिन सकिनेछ । खानपानमा समय व्यतीत हुनेछ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउन सकिनेछ । चाडबाड लक्षित सामानको व्यवसाय फस्टाएर जानेछ । घरपरिवारमा तपाईंको कामदेखि सबै प्रसन्न हुनेछन् । मनोरञ्जनात्मक खेलमा जित हात पार्न सकिनेछ । लामो समयदेखि भेट नभएका मित्र आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ । धर्म तथा आध्यात्मिक क्षेत्रमा थोरै समय व्यतीत हुनेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) भाग्यले साथ दिने हुनाले सानो चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खोजमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढ्नेछ । चाडबाडमा खेलिने खेलबाट लाभ लिन सकिनेछ ।