सरकारका प्रवक्ताले भने– पार्टीको निर्देशनपछि दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको हो

0 Shares

काठमाडौँ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीको निर्देशनपछि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी) दान बहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको बताएका छन् ।

बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पोखरेलले यस्तो बताएका हुन् ।

‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । पार्टीबाट पनि संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भनेर निर्देशन आएको थियो’, मन्त्री पोखरेलले भने, ‘त्यसपछि जिम्मेवारी हेरफेर गरिएको हो ।’

मन्त्री पोखरेलले प्रधानमन्त्रीलाई शान्ति सुरक्षा सम्बन्धी सल्लाह दिने भनेको पनि संवेदनशील जिम्मेवारी नै भएको बताए ।

सम्बन्धित समाचार