४१५ रुपैयाँको तेल किनेका युवकले जिते १० लाख उपहार

0 Shares

काठमाडौं । सरकारले ल्याएको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गतको योजनामा ४१५ रुपैयाँको सामान किनेका धनुषाका एक युवकले १० लाख रुपैयाँको उपहार हात पारेका छन् ।

जिल्लाको नगराइन नगरपालिका ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले १० लाख रुपैयाँको उपहार हात पारेका हुन् । उनले कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए ।

उनले ई-सेवाबाट रकम भुक्तानी गरेका थिए । आज आन्तरिक राजश्व विभागले विजेताको नाम घोषणा गर्दा उनले १० लाख रुपैयाँ हात पारेका हुन् ।

सम्बन्धित समाचार