सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको हो ।

अघिल्लो दिन तोलामा ८ हजार ३०० रुपैयाँ घटेको थियो । योसँगै आज महासंघले सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन २ लाख ७२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७२० रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार