होटलमा बसेर ‘ब्राउन सुगर’ बेचिरहेको अवस्थामा काठमाडौँबाट पक्राउ परे महिला र पुरुष

0 Shares

काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौँबाट ब्राउन सुगरसहित एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ।

गएराति सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका- ३२ स्थित विश्राम गेष्टहाउसबाट उनीहरूलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा पुगेको एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीले विश्राम गेष्टहाउसको कोठा नम्बर ६ बाट पाँचथरको फालेलुङ- ५ घर भएका ४२ वर्षीय सुन्दर राई र ४२ वर्षकै रविना राईलाई पक्राउ गरेको हो।

ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी वलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बरामद ब्राउन सुगर, २ थान मोबाइल र ४५ सय ५० रुपैयाँ नगदसहित उनीहरूलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको थापाले बताए।

 

सम्बन्धित समाचार