ओमानविरुद्ध नेपालको सम्हालिँदो ब्याटिङ

0 Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले सम्हालिएर ब्याटिङ गरिरहेको छ।

ओमानको अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले पावर प्लेमा १ विकेटको क्षतिमा ३३ रन बनाएर खेलिरहेको छ।

क्रिजमा ओपनर अर्जुन कुमाल २० र इशान पाण्डे ७ रनमा अविजित छन्। ६.१ ओभरमा ४ रन बनाएका आशिफ शेख शाह फैसलको बलमा जय ओडेड्राको हातबाट क्याच आउट भए।

आईसीसी वरियता जोगाउनका लागि नेपाली टोलीलाई आजको खेलमा जित्नैपर्ने दबाब छ। लिग–२ को अन्तिम सिरिज खेलिरहेको नेपालले क्यानडालाई २ खेलमा नै पराजित गर्नुपर्नेछ। ओमानमाथि एक खेलमा जित निकाल्नुपर्नेछ।

सम्बन्धित समाचार