0
Shares
काठमाडौं । विवादास्पद अडियो सार्वजनिक गरिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले आफ्नो धारणा सार्वजनिक गरेका छन् । मंगलबार बिहान फेसबुकमार्फत उनले एक भिडियोमार्फत आफ्नो धारणा राखेका हुन् ।
संसद्को सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचारविरुद्ध प्रश्न उठाएका कारण आफूलाई विभिन्न आरोप खेप्दै आएको बताउँदै उनले आफूमाथि घेराबन्दी भएको दाबी गरे ।
सोमबार सार्वजनिक भएको विवादित अडियोबारे स्पष्टीकरण दिँदै सांसद सुनारले उक्त अडियो आफ्नो नभएको र कुनै काल्पनिक पात्र खडा गरी प्रविधि वा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर प्रचार गरिएको दाबी गरे ।