नबिल बैंकका यी पाँच शाखाबाट नयाँ नोट साट्ने

0 Shares

काठमाडौं । नबिल बैंकले दसैंलाई लक्षित गरी सर्वसाधारणका लागि नयाँ तथा सुकिला नोट सटही र वितरण गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकमार्फत नोट वितरण गर्ने व्यवस्थाबमोजिम बैंकले आफ्ना पाँच शाखाबाट खुद्रा नयाँ नोट सटहीको सुविधा ल्याएको हो ।

बैंकका अनुसार काठमाडौंको कान्तिपथ, बल्खु र वनस्थली शाखा तथा ललितपुरको च्यासल र भक्तपुरको दुवाकोट शाखाबाट नयाँ तथा सुकिला नोट सटही हुनेछ । बैंकले आगामी असोज २७ गतेदेखि २९ गतेसम्म तीन दिन नोट सटही तथा वितरण गर्ने जनाएको छ ।

यी दिनहरूमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मात्र सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार