नेपालमा जेलियोका ४ नयाँ ईभी स्कुटर सार्वजनिक

0 Shares

काठमाडौं । भारतको चर्चित ब्रान्ड जेलियोले नेपालमा पनि आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै जेलियो ईभी स्कुटरको नयाँ मोडल लञ्च तथा आधिकारिक शोरुमको औपचारिक उद्घाटन पूर्व उर्जामन्त्री कुलमान घिसिङले गरेका हुन् ।

उनले भने, ‘नेपालका लागि बाइक, स्कुटर र विद्युतीय कार नै उपयोग गर्नुपर्ने हो । तर, सरकार विजुलीमा भ्याट लगाएर उल्टो बाटो हिँड्यो ।’

जेलियोको नेपालमा ४ वटा मोडल सार्वजनिक भएका छन् । जसमा मिस्ट्रीको मूल्य २ लाख ४० हजार ७ सय, एक्स–मेन २.० को २ लाख ६५ हजार ७ सय, ग्रेसी प्रो २ लाख २७ हजार ९ सय र ग्रेसी प्लसको २ लाख २५ हजार ७ सय रहेको छ ।

नेपालको विद्युतीय सवारीसाधन बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै भारतीय विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड जेलियोले किफायती तथा वातावरणमैत्री व्यक्तिगत यातायातको नयाँ विकल्प रहेको कम्पनीले बताएको छ ।

सम्बन्धित समाचार