सहकारी ठगीको मुद्दामा तारेख बुझ्न अदालत पुगे रवि लामिछाने

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी तारेख बुझ्न अदालतमा पुगेका हुन् ।

यसअघि पनि उनी पटकपटक अदालत उपस्थित भएर आफ्नो तारेख बुझ्दै आएका थिए । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा उनीमाथि मुद्दा छ ।

उक्त मुद्दामा उनी बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर छुटेका थिए ।

सम्बन्धित समाचार