0
Shares
काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठबाट प्रहरीले बरामद गरेको सुनको परिमाण २१ किलो ७५० ग्राम यकिन गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्यान्ह बूढानीलकण्ठ स्थित चपलीबाट सुन बरामद गरेको हो ।
सुन तस्करले सुन बोक्ने गाडी पनि प्रहरीले बरामद गरेको छ । तस्करीमा प्रयोग गरिएको बीवाईडी गाडी पनि बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए । सो गाडीबाट प्रहरीले दुईवटा सुनको बिस्कुट बरामद गरेको छ ।
प्रशोधन गरिएको सुन लिएर गाडीमा निस्कँदै गर्दा प्रहरीले चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । सो गाडी भाडामा लिएर तस्कर समूहले प्रयोग गरेको भेटिएको छ ।