0
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापा मतदान गर्न पुगेका छन् । उनी राष्ट्रिय सभा गृहमा मतदानका लागि पुगेका हुन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी सुरु भएको हो ।
यसअघि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भनिएको तयारी नपुगेपछि आजका लागि सारिएको थियो । निर्वाचन समितिका अनुसार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा बुथहरू स्थापना गरी मतदान भइरहेको छ ।