0
Shares
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य चार हजार ४१५ कायम भएको छ ।
सोमबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्य ४३० रूपैयाँ कायम थियो ।